धनगढी / कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार रातिदेखि बुधबार विहानसम्म सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । मृत्यु भएकामध्ये कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ ।




































