बिर्तामोड / मुलुक कोरोना महामारीले थलिएका बेला निजी क्षेत्रको वाणिज्य वैंक एनआइसी एशियाले संक्रमणको मौका छोपेर ऋणीसँग सहकारी संस्थाले भन्दा पनि चर्को ब्याज असुल्न सुरु गरेको छ ।

सहकारीले अधिकतम १५ प्रतिशत सम्म ब्याज लिन पाउने कानुनी व्यवस्था छ । तर एनआईसीले सहकारीको भन्दा बेसी व्याज असुल्न थालेको सो बैंकबाट ऋण लिएकाहरुले सामाजिक संजाल मार्फत सार्वजनिक गरिदिएका छन् । कोरोनाको भय र त्रासमा बाँचिरहेका बेला सरकार संक्रमणमा गएको मौका छोपेर चैत मसान्तमा कायम गरेको एनआइसी एशिया बैंकको बेसरेट ६।७७ प्रतिशत भएपनि त्यो भन्दा धेरै माथि गएर बैंकले असुल्न थालेको पाईएको छ ।

कोरोनाको महामारीको बेला सर्वसाधारणबाट कानुनको धज्जी उडाउँदै ब्याज असुल गरिरहेको बैंकका सिइओ रोशन कुमार न्यौपाने र  बैंकका अध्यक्ष तुल्सीराम अग्रवाल सरकारबाट प्रवल जनसेवाश्री पदकबाट विभुषित व्यक्ति हुन् ।

तर बैंकले नीतिमा खेल्दै बेसरेटमा प्रिमियम थप गरी सहकारी संस्थाको भन्दा कर्जामा चर्को ब्याजदर असुल्न थालेको छ । वैंकको अधिकारी वेवसाइटमा नै उल्लेख भएको ब्याज भन्दा वढि असुल्न थालेको हो । राष्ट्र बैंकले गत साउन १२ गते निर्देशन जारी गर्दै कर्जाको ब्याजदर परिवर्तन प्रिमियम परिवर्तन गरेर नभएर बेसरेट परिवर्तन गर्दामात्र गर्न पाउने व्यवस्था गरेको थियो । बैंकहरुले कर्जा सम्झौतामा उल्लेख गरेको प्रिमियम कर्जा अवधिभर परिवर्तन गर्न नपाउने कानुनी व्यवस्था छ ।

एनओसीले भने ११.५० प्रतिशत बेसरेटमा साढे १ प्रतिशत प्रिमियम जोडेर प्रवाह गरेको सवारी कर्जाको प्रिमियम नै ८ प्रतिशतले बढाएको पाइएको छ ।

राष्ट्र बैंकले २०६९ सालको मौद्रिक नीतिमै बैंकहरुको आधारदर निर्धारण गरी कर्जाको ब्याजदर तोक्नुपर्ने उल्लेख गरेको थियो । ०७४र७५ मा पुनः निर्देशन जारी गर्दै बेसरेट तोकेर मात्र ब्याजदर निर्धारण गरी सोमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो ।  बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिन थालेको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिन सुरु गरेको छ । एनआइसीले २०७८ सालदेखि ब्याजदर बढाएको पाइएको हो ।

एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९।६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गरेको पाइएको हो ।

गुप्तचर खबरले राष्ट्र बैकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलसँग एनआईसीले राष्ट्र वैंकको निति विपरीत ब्याज असुल्न थालेको विषयमा जिज्ञासा राख्दा उनले यो विषय राष्ट्र वैंकको जानकारीमा आएको बताएका छन् । उनले सामाजिक संजालबाट सार्वजनिक भएको एनआईसी प्रकरणका विषयमा छानविन थालिएको बताउँदै राष्ट्र वैंकको निति भन्दा वाहिर गएको पाईएमा वैंक माथी कारवाही हुने बताएका छन् ।