काठमाण्डौ / मेडिकल कलेज संचालन अनुमति नपाएर विगत ४ वर्ष देखि झापाको बिर्तामोड स्थित प्रस्तावित बि एण्ड सी मेडिकल कलेजका संचालक छटपटाइरहेको बेला प्रदेश एककै विराटनगरका अर्का उध्यमि सुनिल शर्माले भने काठमाण्डौको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज (एनएमसी) खरिद गर्न तयारी थालेका छन् ।

विराटनगरको नोवेल मेडिकल कलेजका संचालक शर्माले एक वर्ष अघि मात्रै काठमाडौँकै काठमाडौँ मेडिकल कलेज किनेका थिए । थप मेडिकल कलेज संचालनको अनुमति सरकारले रोकेका बेला प्रदेश एककै उद्यमी शर्माले भने मेडिकल कलेजबाट अकुत कमाएको अनुमान गर्न थालिएको छ । सरकारी स्वास्थ्य संस्था धरासायी बनाएर निजी अस्पताल र कलेजले लुट मच्चाइरहेको अनि अकुत कमाइरहेको भनेर मेडिकल कलेज संचालक माथि लाग्दै आएको आरोपलाई पुष्टि गर्ने गरी शर्माले देशकै ठुलो मेडिकल खरिदको तयारी गरेका हुन् । 

सामान्य परिवारमा जन्मेका अनि विवादास्पद रुपमा नोवेल मेडिकल कलेजको संचालक बन्न सफल भएका शर्माले अर्को मेडिकल कलेज पनि खरिदको तयारी गरेको सार्वजनिक भएपछि उनको आम्दानीका स्रोत र सम्पतिका विषयमा छानविन हुनु पर्ने माग समेत सामाजिक संजालमा उठ्न थालेको छ । आफ्ना साझेदारलाई विभिन्न बहानमा बल प्रयोग गरी हटाएर नोवेल एकलौटी बनाएको उनीमाथि आरोप लाग्दै आएको छ ।  

उपचारका नाममा  मेडिकल मेडिकल कलेजका लागि सरकारका निकायले अनुमति दिन कडाई गरिरहेको समयमा देशकै ठुला मेडिकल कलेजको स्वामित्व झन एकै व्यक्तिको हातमा गए मनोपोली हुने खतरा बढ्ने स्वास्थ्य क्षेत्रका जानकारहरुको भनाई छ । उनीहरुले भोली राज्यले बनाउने निती नियममा पनि उनको मोनोपोलीको असर देखिन सक्ने भन्दै मापदण्ड पुगेका अन्यलाई पनि मेडिकल कलेज संचालनको अनुमति दिनु पर्ने अवस्था आएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन् – एउटै व्यक्तिले हरेक एक वर्षको फरकमा मेडिकल कलेज खरिद गर्दै गए भने एक दिन यस्तो आउने छ , देशमा संचालनमा रहेका सवै निजी मेडिकल कलेज उनको हातमा पुग्ने छ । त्यो बेला सरकारले केहि गर्न सक्ने छैन ।  

 नेपाल मेडिकल कलेजका संचालकबिचको झगडा उत्कर्षमा पुगेका बेला शर्माले खरिदका लागि छलफल सुरु गरेको शर्मा निकटस्थहरुले जानकारी गराएका छन् । शर्माले एक पछि अर्को मेडिकल कलेज खरिद गर्न थालेपछि अन्य समुह पनि सो कलेज खरिदका लागि छलफलमा जुटेपनि शर्माले नै खरिद गर्न सक्ने सम्भावना देखिएको सो कलेजका अधिकारीले जानकारी गराएका छन् ।

शर्मालाई बेच्नकै लागि कलेजले गोरखापत्र दैनिकमा विज्ञापन समेत प्रकाशित गरिसकेको छ । नेपाल मेडिकल कलेज  सच्चेबहादुर पहाडी र डा. अनिल पहाडी सहित ओम अस्पतालका संचालकको समूहबाट संचालित कलेज हो । मेडिकल उद्यमी सुनिल शर्माकै स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेज र  नेपाल मेडिकल कलेज एकै पटक स्थापना भएका कलेज हुन् ।

मेडिकल कलेज खरिदको नोवेल र केएमसीका संचालक शर्माले पुष्टि गरिदिएका छन् । उनले एक संचारमाध्यमसँगको कुराकानीका क्रममा नेपाल मेडिकल कलेज खरिदका लागि आफु तयार रहेको र सो कलेजका संचालकसंग कुराकानी भईरहेको बताएका छन् ।

नेपाल मेडिकल कलेजका संचालक डा. भोला रिजालले पनि केहि व्यवसायीक समुहसँग छलफल भईरहेको बताएका छन् । उनले पत्रिकामा बिक्री कै लागि सुचना निकालिएको समेत स्विकार गरेका छन् ।