काठमाडौँ / पछिल्लो २४ घन्टामा ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजार २४ पिसिआर प्रविधिमार्फत तथा चार सय ५५ जना एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएको हो । २४ घन्टामा संक्रमणदर २८.९ प्रतिशत छ ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट १० हजार १७४ तथा एन्टिजेनबाट ३ हजार ३६२ को परीक्षण गरेको थियो । यो अवधिमा ९९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार ४७ जिल्लामा संक्रिय संक्रमितको संख्या पाँच सय भन्दा धेरै छ ।

त्यस्तै, उपत्यकामा ११३१ जनामा संक्रमण पुष्टि भएको छ ।