काठमाडौं / जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । करिब २१ लाखले आवेदन दिएको यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् ।

संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री गरेको थियो । निष्काशन गरेको कुल सेयरमध्ये ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषकालागि छुट्याइएको र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

जीवन विकासको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आईपीओका लागि कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए ।