बिर्तामोड / नेपाली बजारमा बुधबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले बढेर ९२ हजार २ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ काय भएकोमा बुधबार ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ कायम भएको छ ।