काठमाडौं / नेपालमा ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको हवाई पार्टपुर्जा भित्रिएको छ ।

चालू आर्थिक वर्ष २०७७ / ७८ को ११ महिनामा साउनदेखि जेठसम्मको अवधिमा बाहिरी मुलुकबाट उक्त मूल्य बराबरको पार्टपुर्जा आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।

त्यसैगरीयस अवधिमा नेपालबाट २५ करोड १४ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। नेपाल हवाई पार्टपुर्जाको व्यापारमा ३ अर्ब ४४ करोड रुपैयाँ घाटा छ।