काठमाडौं / पूर्ववर्ती सरकारले गरेका राजदूत नियुक्ति सम्बन्धि निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले रद्द गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

केपी ओली सरकारले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूत तोकिएको थियो ।