बिर्तामोड / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने सरकारलाई चेतावनी दिएको छ ।
आइतबार गठबन्धनका तर्फबाट सीपी गजुरेलले जारी गरेको संयुक्त विज्ञप्तिमा सरकारले दोषीलाई कारवाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको हो ।
विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी र नेकपा (माओवादी मोर्चा) रहेका छन् ।
त्यसैगरी राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी) २१, नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।
साउन १५ गते भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा गएका व्यास गाउँपालिका –२ मालघाटका २३ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।






































