बिर्तामोड / प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गते सम्म स्थगित भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गरेर बैठक स्थगित भएको जनाएका हुन् ।
आज बस्ने तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्ने कार्यसूची तयार भएको थियो ।
तर, अन्तिम समयमा कांग्रेस र एमालेले बैठक स्थगित गर्न सभामुसमक्ष लिखित माग गरेपछि बैठक स्थगित भएको हो ।
कांग्रेसले सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने भन्दै आजको बैठक सार्न भनेको थियो भने एमालेले पार्टीको आन्तरिक अधिवेशन जारी रहेको भन्दै बैठक सार्न अनुरोध गरेको थियो ।