बिर्तामोड / प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले बोलाएको ‘फुलकोर्ट’ को बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरू सहभागी नहुने भएका छन् ।
१४ न्यायाधीशको बैठकले यथास्थितिमा राणाले बोलाएको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको हो । प्रधानन्यायाधीश राणाले सोमबार फुलकोर्टको बैठक बोलाउने तयारी गरेका छन् ।
राजनीतिक भागबन्डाको विषयमा जोडिएका प्रधानन्यायाधीश राणालाई पछिल्लो समय राजीनामा दिन दबाब बढ्दो छ ।