काठमाडौं / सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । 

सोमबार प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिष्कार गरी छुट्टै बैठक बसेका १४ जना न्यायाधीशले  प्रधानन्यायाधीश शमशेरलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

मार्ग प्रशस्त गर्ने निर्णय गरे पनि उनीहरूले मार्ग प्रशस्त भन्नुको अर्थ खुलाएका छैनन् । उनीहरूले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने विषय उठाउन सक्ने बुझिएको छ । 

उनीहरूले मंगलबार प्रधानन्यायाधीशसँग भेटेर राय मागेपछि मात्र थप कदम चाल्ने निर्णय गरेका छन् ।

प्रधानन्यायाधीश जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएका थिए । न्यायाधीशहरूले बैठक बहिष्कार गरेकै कारण आजको फुलकोर्टसमेत प्रभावित भएको छ ।