बिर्तामोड / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने बताएका छन् । आज न्यायाधीशहरूसँगको प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो छलफलका क्रममा जबराले सडकमा बसेर माग्दैमा राजीनामा नदिने बताएका हुन् ।
फुल कोर्ट बहिष्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।
उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअभियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ ।