बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीनवटै तहको चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

ओलीले पालिकास्तरीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढिलो–चाँडो तीनवटै तहको चुनाव हुने बताए ।

ओलीले भने –‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेके जस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौँ । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ ।’ 

उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै भएको बताउँदै ओलीले भने, –‘विगतमा हाम्रो विरुद्ध षड्यन्त्र हुँदा पनि हामी जिम्मेवार भूमिकामा प्रस्तुत भयौँ । फेरि पनि जिम्मेवार भूमिकामै हुनेछौं ।’