राजनीतिक दलसँगको मिलेमतोमा सर्वोच्च अदालतबाट फैसला दिएर अनुचित लाभ लिने गरेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन ठूला राजनीतिक दलले कोसिस थालेका छन् । आफू अनुकुल फैसला नहुँदा विरोध गर्ने गरेका सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले पनि चोलेन्द्रमाथि कारवाहीको चौतर्फी दवाव भइरहको समयमा पनि मौनता साँधेर उनलाई जोगाउने कोसिस गरिरहेका छन् ।
सिंगो न्यायक्षेत्र र अदालतकै बहालवाला न्यायाधीश समेत चोलेन्द्र विरुद्ध आन्दोलनमा उत्रिँदा समेत राजनीतिक दलले साँधेको मौनताले मिलेमतोमा अदालतबाट फैसला हुने गरेको भनेर लाग्दै आएको आरोपलाई पुष्टि गरेको छ ।