बिर्तामोड / नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जना न्यायाधीशले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
प्रधानन्यायाधीश जबराले न्यायालयको गरमा बचाउन नसकेको र आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको भन्दै जबराको राजीनामा माग गरेको बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।
तर राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउन सुझाव दिएको भट्टराईले बताए ।