बिर्तामोड / बाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएसँगै प्रदेश प्रमख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।
प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न भनिएको छ ।