मकवानपुर / आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुने भएका छन् । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि गठबन्धनका तर्फबाट समाजवादीका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन् । 

उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । 

पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरूको समर्थन रहेको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ सरकार गठनका लागि प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई आफ्नो दावी पेश बुधबार आह्वान गरेसँगै पाण्डेले आफ्नो दावी पेश गरेका थिए ।