बिर्तामोड / प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।
यसअघि प्रतिनिधि सभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि अवरोध गर्दै आएको छ । आज पनि एमालेको अवरोध कायमै रहनेछ ।
पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि सभाको बैठकलाई यसपटक चासोका साथ हेरिएको छ ।