बिर्तामोड / सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव प्रसाद लम्सालको आज बिहान निधन भएको छ । 

लम्सालको उपचारको क्रममा ८४ वर्षको उमेरमा चावहिलको मेडिकेयर अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् । 

लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ । 

उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए ।