काठमाडौँ / सरकार परिवर्तन भएपछि अमेरिकाका लागि १८औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल आएका छन् । डा. खतिवडा हिजो (बुधबार) नेपाल आएका हुन् । 

पूर्वमन्त्री रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।

डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा पनि गैरआवासीय राजदूतको रुपमा काम गरेका थिए ।

एक वर्ष भन्दा एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि बुधबार उनी कतार एयरवेजको जहाजबाट नेपाल फर्किएका हुन् ।