मकवानपुर  / बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आजै मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माका समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।  

मुख्यमन्त्री पाण्डेसँगै नवनियुक्त मन्त्री माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले पनि शपथ लिएका छन् । 

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेलका अनुसार मोक्तानले सामाजिक विकास मन्त्रालय, भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

गत भदौ २ गते ५६ सांसदसहित एकल बहुमतबाट नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बहिर्गमन भएकी हुन् ।

man