नुवाकोट / नुवाकोटको विदुर नगरपालिका –४ स्थित एक होटलबाट सूर्यगढी गाउँपालिका –५ का वडाध्यक्ष सहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडाध्यक्ष भैरवबहादुर अधिकारी, कृष्ण विश्वकर्मा, केशवप्रसाद पन्त, नवीन चित्रकार, मच्छिन्द्र परियार, सन्तोष त्रिपाठी, राजु पन्त, पदमसिंह धामी र ईश्वर गुप्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले विदुर नगरपालिका –४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले १६० पत्ती तास र तीन लाख ५२ हजार नगद बरामद गरेको छ ।