काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश र न्यायालयमाथि नै हिलो छयाप्ने काम गरेको आरोप लगाएका छन् ।
शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले ओलीलाई यस्तो आरोप लगाएका हुन् ।
संविधान मिचेर गत पुस ५ र जेठ ७ गते ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला गरेको नेपालले बताए ।
उनले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी समेत गरे । उनले भने, –‘हामीसँग सही विचार र देशलाई माया गर्ने संकल्प छ, अहिले समाजवादीलाई तथानाम भन्नेहरुलाई आगामी दिनमा टर्च बालेर खोज्ने दिन आउने छ ।’