बिर्तामोड / नेपाल बार एशोसिएसन परिसरभित्र दुई जना कानुन व्यवसायीबीच मुक्का हानाहान भएको छ ।
शुक्रबार बार एशोसिएसनको बैठक चलिरहेका वेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का हानाहान भएको हो ।
अधिवक्ता चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै सञ्चार माध्यमहरूलाई अन्तर्वार्ता दिँइरहेका बेला अधिवक्ता न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन् ।
अधिवक्ता न्यौपानेको मुक्का प्रहारबाट आफ्नो कोट च्यात्तिएको बताउँदै चुँडालले कानुनी बाटोबाट न्याय खोज्ने बताएका छन्।