मुस्ताङ / हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेकी छिन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी जोमसोम पुगेकी हुन् ।  


बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा राष्ट्रपति सवार हेलिकोप्टर ल्यान्ड भएको जोमसोम विमानस्थलका प्रमुख पुस्कल राज शर्माले जानकारी दिएका छन् ।
हिन्दु तथा बौद्धमार्गीहरूको पवित्र तीर्थको रुपमा लिइने मुक्तिनाथ मन्दिरमा पूजा गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।