बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको खण्डन गरेका छन् । 

ओलीले शनिबार सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै यो विरोधीहरूले लगाएको आरोप मात्र भएको बताएका छन् । 

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटालीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’

तर, सो विषयको खण्डन गर्दै भनेका छन्, – ‘मेरो श्रीमतीले पकाएको खान खाएर बस्छु अनि करोडौँको भाँडाकुँडा चाहिँ के गर्नु ? दुई गाँस भात खानेलाई चाहिँदैन करोडौँको भाँडाकुँडा ।’