बिर्तामोड / राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले माघ मसान्त भित्र सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा शनिबार बिर्तामोडमा भएको भूमि समस्या तथा समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् । 

उनले भने  ‘आयोगले माघ मसान्त भित्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनिपूर्जा वितरण गर्छं ।’   

खड्काले केपी ओली नेतृत्व सरकारको पालामा आयोगले गतिशील काम गर्न नसकेको आरोप लगाउँदै आयोगले सुकुम्बासीलाई लालपूर्जा दिन नचाहेकोसमेत बताए छन् ।