काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन । अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै चितवन प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जानकारी दिएको हो ।  

ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ ।

एमाले अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनारको अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिएकि छन् । ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको आज उदघाटन गर्दैछन ।

आज दिउँसो साढे तीन बजे भरतपुर–१० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १०औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले सौराहास्थित महाधिवेशनको बन्दसत्र हुने स्थानको आजै साँझ अवलोकन गर्ने छन ।

मंगलबार भरतपुर–१६ मा निर्माणाधीन क्रुजसिप ९मिनी पानिजहाज० को अवलोकन गर्ने र त्यसपछि माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

चितवन सवारीका क्रममा अध्यक्ष ओलीलाई धादिङदेखि नै कार्यकर्ताहरुले चोकचोकमा स्वागत गर्ने तयारी गरेका छन् । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार इच्च्छामनकामना गाँउपालकिा प्रवेशस्थलमा ओलीको भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यहाँ चितवन जिल्लाका नेता कार्यकर्ता स्वागतका लागि सयौं मोटरसाइकल लिएर आउनेछन् ।

कुरिनटारमा अध्यक्ष ओलीलाई स्थानयीबासिन्दाले स्वागत गर्ने कार्यक्रम रहेको छ । मुग्लिनमा पनि पार्टी कार्यकर्ता र स्थानीयबासीले अध्यक्ष ओलीलाई स्वागतको तयारी गरेका छन् । आफू प्रधानमन्त्री भएका बेला विस्तार गरिएको मुग्लिनबाट नारायणगढ सडक खण्डको अध्यक्ष ओलीले निरीक्षण गर्नेछन । यो सडकलाई दुई लेनबाट चार लेनमा बिस्तार गरिएको छ ।

ओलीले दासढुंगामा जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्नेछन । त्यसपछि रामनगरमा कार्यकर्ता र स्थानीयबासिन्दाले ओलीको स्वागत गर्ने कार्यक्रम रहेको छ । आज चितवन पुगेपछि एमाले भरतपुर महानगरको प्रथम अधिवेशनको अध्यक्ष ओलीले उदघाटन गर्नेछन । त्यसपछि एमालेको १०औं महाधिवेशन स्थल नारायणी किनार क्षेत्रको अवलोकन गर्नेछन । त्यसलगत्तै भरतपुर १० को चितवन जिल्ला पार्टी कार्यलयमा रहेको १०औं महाधिवेशन सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमाले अध्यक्ष ओली आज कसरामा बास बस्ने भएका छन ।