इलाम /  नेकपा (एमाले)ले इलाम नगरपालिका –९ का पार्टी अध्यक्ष शेरबहादुर खड्कालाई जिम्मेवारीबाट हटाउँदै साधारण सदस्यतासमेत नरहनेगरी निष्कासन गरेको छ।

पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमाले जिल्ला अनुशासन कमिटीले खड्कालाई वडा कमिटीबाट बर्खास्त गर्दै पार्टीको साधारण सदस्यतासमेत खारेज गरेको हो। 

अनुशासन कमिटी संयोजक तथा पार्टी जिल्ला उपाध्यक्ष उदयबहादुर राईले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र पठाएका छन्।

खड्काले पार्टी निर्णयविपरीत आउँदो स्थानीय तह निर्वाचनका लागि वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।