काठमाडौँ  / नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी सुनिता डंगोल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजुरी दर्ता भएको हो ।

उनीविरुद्ध दायर भएको उजुरीमा स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।

वैशाख १६ गते दर्ता भएको उजुरीमा उनको  नियुक्तिको सम्पूर्ण फाइल झिकाई कानुनअनुसार सजाय दिन माग गरिएको छ ।