सिरहा / आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जना वडा सदस्यको मृत्यु भएको छ।
नेकपा एमालेबाट सिरहा नगरपालिका –५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो।
प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार सेखको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन्।
सेखको मृत्यु भएको खबर पाएलगत्तै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत खरेलले जानकारी दिए।
खरेलका अनुसार खातुनलाई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।






































