हेटौंडा / पूर्व- पश्चिम राजमार्गको हेटौंडा- ९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामा बाबु २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङ रहेको प्रहरीले जनाएको छ ।
भारतबाट ग्यास बोकेर आएको एनएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।






































