बाँके / बाँकेको कोहलपुर नगरपालिका- २ मनकामना चोकमा शनिबार हिजो बेलुकी दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको सानोश्रीका ४१ वर्षीय सूर्यप्रकाश वली रहेको प्रहरीले जनाएको छ । कोहलपुरबाट सुर्खेततिर जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।






































