बिर्तामोड / चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगो भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको हो ।
बिर्तामोड / चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगो भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको हो ।
संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको सङ्घकी तथ्यांक अधिकृत ज्योति थापाले बताइन् ।सरकारले आफ्नो स्वामित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापारीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको संघले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.