काठमाडौँ / साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला ३ सय रुपैयाँ गिरावट आएको हो ।
काठमाडौँ / साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला ३ सय रुपैयाँ गिरावट आएको हो ।
छापावाल सुन आइतबार ९९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य आज ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा समेत गिरावट आएको महासङ्घको तथ्याङ्कले देखाएको हो । आइतबार १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६५ रुपैयाँ कायम भएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.