झापा / देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेको छ ।
प्रदेश नम्बर १ र बागमती प्रदेशमा केही दिनदेखि वर्षा नरोकिएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र प्रदेश १ का धेरै स्थानमा सामान्य वर्षाको हुनेछ भने राति भने ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै देशका विभिन्न भागमा हुने वर्षाका कारण केही नदी तथा खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लमजुङ, तनहुँ, नवलपरासीका नदी तथा खोलामा बहाव बढ्ने भन्दै विभागले सतर्क रहन भनेको छ । आगामी तीन दिनसम्म प्रमुख नदीहरूमा भने बहाव सतर्कता तहभन्दा तलै हुने रहनेछ ।






































