झापा / विद्यालय हिँडेकी शिक्षिकाको खोलामा खसेर मृत्यु भएको छ । नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुटरसहित खोलामा खसेकी शिक्षिका दुप्चेश्वर गाउँपालिका–६ घर भएकी राधिका आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने शिक्षिकाको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डीएसपी रुपक खड्काले बताए ।






































