बिर्तामोड \ झापाको बेलडाँगी बस्दै आएका भुटानी शरणार्थी नेता डा. भम्पा राईको आज बिहान निधन भएको छ । विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको ७५ वर्षको उमेरमा निधन भएको हो ।
तीन दशकदेखि भुटानी शरणार्थीको फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा। राई पेटसम्बन्धी रोगबाट पीडित थिए । ६ वर्षअघि आन्द्रा फुटेका कारण उनी महिनौँ थलिएका थिए । तीनवटा शल्यक्रियापछि उनी सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । केही समययता उनलाई हर्नियाले थप पीडित बनाएको थियो ।
उनी सन् १९९० पछिका वर्षहरूमा भुटानबाट लखेटिएका शरणार्थीहरूको स्वदेश फिर्ती समितिका अध्यक्ष पनि हुन् । बङ्गलादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका डा. राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न थिए।






































