काठमाडौँ / जनता समाजवादी पार्टी नेपाल (जसपा) का तीन मन्त्री हेरफेर भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाबाट मन्त्री भएका पुराना चारमध्ये तीन जनालाई फिर्ता पठाइ नयाँ तीन मन्त्री थपेर मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेकी हुन्

जसपाले भौतिक पूर्वाधार मन्त्रीमा रेनु यादवलाई फिर्ता बोलाएर मोहम्मद इस्तियाक राईलाई पठाएको छ। त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाएर मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।

त्यस्तै वनमन्त्री रहेका रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर प्रदीप यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको छ भने जसपाले संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठलाई यथावत राखेको छ । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरूको सूची बुझाएका थिए। नवनियुक्त मन्त्रीहरूको आजै अपराह्न ४ बजे सपथ हुने बताइएको छ।


289634772_1619961151693501_6632535326103637698_n

Cabinate-deuba_herfer-Jasapa-mantri2