काठमाडौं–भोजपुरी गायिका शारदा सिन्हालाई स्वास्थ्य बिग्रिएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ, जसको जानकारी उनका छोरा अंशुमान सिन्हाले दिएका छन्।
अंशुमानले युट्युब च्यानलमा भिडियो सन्देशमार्फत फ्यानलाई प्रार्थना गर्न अपिल गर्दै भनेका छन्, "आमाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई एम्स दिल्लीमा भर्ना गरिएको थियो। यो समय निकै गाह्रो छ, उहाँ लड्न र यसबाट बाहिर निस्कन सकून् भनेर प्रार्थना गरौं।"
शारदा सिन्हाका परम्परागत छठ गीतहरू निकै लोकप्रिय छन्। सन् १९५३ मा बिहारको सुपौलमा जन्मिएकी शारदा सिन्हालाई भारत सरकारद्वारा संगीत नाटक एकेडेमी, पद्मश्री, र बिहार कोकिला पुरस्कार जस्ता सम्मान प्राप्त छन्।






































