आशान्वित छु म त ऐ प्रभात!

सम्मुख छ मेरो अंध्यारो रात,

यही अन्त्य हैन जीवनको

प्रत्येक विहानी हो सुरूवात,

अंधकार त अब लुप्त भयो

चाह्रै दिशा छन प्रकाशमय,

चहचह सारा चातकहरुको

अरण्य नीड बाट भै बहिर्गमन,

उडदै नीलाम्बर ताँत लगाई

प्रतिक्षारत आगमन प्रभातको,

सारादिन उल्लास होस भनी

कामना गर्दै लीई विश्वास अनी,

काँहि कतै विग्रह नहोस जगमा

मन्द मन्द शितल रहोस नभमा,

प्रकृति सुन्दर होस भनीकन

शुद्धता पनि सबैको अन्तरमन,

सकारात्मक बनोस जीवन सदा

पाइला पाइला रहोस सबको साथ,

आशान्वित छु म त ऐ प्रभात!

सम्मुख छ मेरो अंध्यारो रात।