मनोकांक्षाले गर्दा मानिस 

सत्यलाई असत्य ठान्छ, 

पथभ्रष्टतालाई सत्मार्ग ठान्छ, 

रोगलाई निरोग भन्छ, 

निरर्थलाई अर्थपूर्ण मान्छ।


नभनिनेखाले कुरापनि, 

डंकाको चोटले भनिन्छ।

तर, 

वास्तविकता कहिल्यै परिवर्तन हुँदैन। 

यथार्थ पक्कै एकदिन, 

उज्यालो जस्तै छर्लङ्ग हुन्छ।