भारतको मल्टिप्लेक्स थिएटर चेन पिभिआर आइनेक्सले म्याडडकलाई अन्तिम मिनेटमा आफ्नो रोमान्टिक कमेडी नाटक ‘भुल चुक माफ’ को थियटर रिलीज मिति रद्द गरेकोमा मुद्दा दायर गरेको छ।


खासमा गत मे ९ मा फिल्म रिलिज हुनु भन्दा एक दिन अगाडि म्याडक फिल्म्स र अमेजन प्राइमले विज्ञप्ति जारी गर्दै भारत र पाकिस्तानबीच जारी सीमा विवादका कारण ‘भुल चुक माफ’ को रिलिज अन्तिम समयमा स्थगित गरिएको बताएका थिए ।


थियटर रिलिज क्यानसिल गरेर म्याकडक स्टुडियोले यो चलचित्र मे ९ मा प्रत्यक्ष प्राइम भिडियोमा रिलिज हुने घोषणा गरेको थियो ।


बलिउड हंगामाको रिपोर्ट अनुसार पीभीआर आइनक्सले प्रोडक्सन हाउसलाई करिब ६० करोड रुपैयाँ क्षतिपूर्ति पाउने गरी कानुनी कारबाही गर्ने निर्णय गरेको हो । चलचित्र चलाउन नसक्दा ६० करोड घाटा भएको भन्दै  आइनक्सले म्याडकलाई दिनु पर्ने दावी गरिएको छ । उसका अनुसा थिएटरले अग्रिम बुकिङ लिइसकेको थियो तर सो क्यान्सिल भए पछि कम्पनिलाई घाटा लागेको दावी गरिएको छ ।


पीभीआरले मुम्बई उच्च अदालतमा आफ्नो मुद्दा पेस गरेको हो। सबै सम्झौताहरू हस्ताक्षर भएकाले यो विषय गम्भीर बन्यो र त्यसपछि अचानक म्याडकले पछि हटेको उसको आरोप छ । यो सम्झौता उल्लङ्घनको मामला भएको  उसको भनाइ छ । 


करण शर्माले निर्देशन गरेको ‘भुल चुक माफ’ मा राजकुमार राव र वामिका गब्बी मुख्य भूमिकामा छन् । यो म्याकडक र अमेजन एमजिम स्टुडियोद्वारा निर्मित फिल्म हो।