काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार (आज) सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी भने प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।