नेपालगन्जकी मोनिका कठायतले फिलिपिन्समा ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’को उपाधि जितेकी छन् । नेपालगन्ज उपमहानगरपालिका १३ बस्ने कडायतले मे २४ देखि २९ गतेसम्म फिलिपिन्सको मेनिलामा सञ्चालन भएको सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेसनल २०२५’ अन्तर्गत उत्त सब टाइटल जितेकी हुन् ।

मोनिका नेपालगन्ज स्थित आदर्श माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत छिन् । उपाधि चुमेर नेपालगन्ज फर्केपछि उनले देशको झण्डा विश्वसामु फर्फराउन पाउँदा निकै खुशी भएको बताईन् । यो सफलताले अन्य प्रतियोगिताहरूमा समेत प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिलेको उनको भनाइ छ । उनिसँगै नेपालबाट प्रतियोगितामा सहभागिता जनाएका अन्य तीन जनाले समेत विभिन्न टाइटल उपाधि जितेका छन् ।

अग्रिमा कुँवरले ‘लिटिल मिस ग्लाम युनिभर्सल २०२५’को उपाधि जितेकी छन् । त्यस्तै नेपालकै मिरिञ्जा गाहाले ‘सब टाइटल र मेडल थ्री मिस टिन ग्लाम वर्ल्ड २०२५’ र अभिनव न्यौपानेले ‘सब टाइटल र मेडल–थ्री मिस्टर जुनियर ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेका छन् ।‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेसनल–२०२५’ विश्वकै ठूलो बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिता हो । जसमा तीनवटा बालिका उपश्रेणी र दुईवटा किशोरी उपश्रेणी छन् ।

प्रतियोगितामा ट्यालेन्ट एण्ड गाला नाइट राउण्ड, नेसनल कस्टम राउण्ड, स्विमिङ कस्टम रिसोर्ट वेयर राउण्ड, फेशन शो, फर्मल लङ्ग इभिनिङ्ग ग्रोन स्पोर्टस राउण्ड र इन्ट्रोडक्शन राउण्ड समावेश थियो ।प्रतियोगितामा विभिन्न देशका ७० बढी प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।