सन्तोष सेनको निर्देशनमा तयार भएको फिल्म ‘बलिदान’का मुख्य नायक समीर भट्टको लुक्स र टिजर सार्वजनिक भइसकेको छ । दर्शकलाई फिल्मका अर्का कलाकार सौगात मल्लको लुक्सको प्रतीक्षा पनि निकै थियो । तर, अब यसको निर्माणपक्षले सौगातको लुक्स सार्वजनिक गरेको छ । 

सार्वजनिक दुई पोस्टरमा सौगातको बलियो अवतार देख्न सकिन्छ । उनको गेटअपले फिल्मप्रति दर्शकको कौतुहलता अझै बढाउने निश्चित छ । 

सौगात एक पोस्टरमा हतियारको साथमा एङ्ग्री अवतारमा देखिएका छन् । लामो कपाल, दाह्री सहित उनको रिसाहा अवतारले बदलाको कथा भन्न खोजेको देख्न सकिन्छ । 

एउटा पोस्टरमा भने सौगातको एउटा आँखा कालो रंगको देख्न सकिन्छ । उनको लामो दाह्री, कपाल र गाढा रङको वस्त्र धारण गरेको देख्न सकिन्छ । उनको हातमा बलिरहेको राँको पनि छ । पोष्टरले सौगातको द्धन्द्धान्तमक अवस्थाको चित्रण गर्छ । 

दशैंको फुलपातीबाट रिलिजमा आउन लागेको यो वर्षकै प्रतीक्षित फिल्मको रुपमा हेरिएको बलिदानमा सौगातको गेटअपले उत्सुकता अझै बढाएको छ । 

आसुसेन फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा समीर र सौगातको साथमा ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त वुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा पवन ब्राडफोर्ड विष्टको लगानी छ । फिल्मका कार्यकारी निर्माता प्रेम पुरी हुन् ।