काठमाडौं— आइतबार सुनको मूल्य तोलाको ३ हजार रुपैयाँले घटेको छ । प्रतितोला छापावाल सुनको मूल्य एक लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ ५ रूपैयाँले घटेर तोलाको २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।