काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।