चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष भित्र सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ । 


विकास बोर्डको स्थापना वि.सं २०५७ साल असार १६ गते भएको थियो । आफ्नो स्थापना भएको मितिबाट वि.सं २०८२ साल जेठको मसान्तसम्म रिलिजमा आएका फिल्महरु मध्येबाट सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गर्न लागिएको हो । 


विकास बोर्डले ५ करोड भन्दा बढी कमाई गर्ने फिल्मका निर्माताहरुलाई असारको ७ गते भित्र निवेदन दिन पनि आग्रह गरेको छ । 


निर्माताले फिल्म दर्ता गर्दा सम्बन्धित वर्षको फिल्म निर्माण कम्पनीको अडिट रिपोर्ट, चलचित्र वितरकले चलचित्र निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात पेश गर्न आग्रह गरेको छ ।